असोज ६, काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ २९ गते निवेदन दिएको छ ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नको लागि निवेदन दिएको हो ।
विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा आव २०८६/ ८७ सम्मको लागि ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।