दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना


  • KBL News Ad
  • ADBL
  • City Express
दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना

काठमाडौं । दशैं नजिकिदै जाँदा नयाँ नोटको चर्चा शुरु भएको छ । कोभिड महामारी कै बीच आएको दशैंका लागि नयाँ नोट साटने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता दिएको राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको टिकाको दक्षिणा दिनेलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।

कोभिडपछि बैंकहरूले दिने एटीएमजस्ता विभिन्न सेवामा शुल्क लिन नपाउने व्यवस्थाका कारण बैंकहरू इन्सेन्टिभ दिन सक्ने अवस्थामा छैनन् र उनीहरूलाई दिन लगाउन पनि नहुने राष्ट्रले भनाइ छ । राष्ट्र बैंकले नोट छपाइमा लाग्ने खर्चको केही हिस्सा यस्ता क्रियाकलापमालगाउन सके डिजिटल कारोबार गर्ने बढ्ने विश्वास बैंकको हो । 

मोबाइलबाट दक्षिणा दिनेलाई राष्ट्र बैंकले यति इन्सेन्टिभ दिन्छौं भनेर सीमा तोकिदिने हो भने डिजिटल कारोबार बढ्ने छ । सीमा तोकेर बोनस दिने व्यवस्था मिलाउन सके राम्रो हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न दशैंमा नयाँ नोट साट्नुको विकल्पमा मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउन सके राम्रो कस्तो प्रभाव रहन्छ भन्ने आर्थिकन्युजको प्रश्नमा उनले डिजिटल कारोबार बढाउने यो उत्तम उपाय हुन सक्ने बताए । 

मोबाइलबाट दक्षिणा दिनेलाई प्रोत्साहन स्वरुप सहुलियत दिन सके एकातिर कोभिडको जोखिम कम हुने र अर्कोतिर मोबाइल प्रयोगकर्ता पनि बढ्ने सोच राष्ट्र बैंकले लिएको हो । डिजिटलमाध्यमबाट कारोबार गर्दा पैसाको प्रयोग कम हुन्छ । यसले पैसा छाप्ने खर्च समेत कटौती गर्छ ।  ...

Read More
  • EBL Ad news