ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर बागलुङको बलेवामा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर बागलुङको बलेवामा

काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको बागलुङ नगरपालिका–१४ बलेवास्थित नारायणस्थानमा आइतवारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टरको उद्घाटन बागलुङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गरे । नयाँसहित बैंकको एक्सटेन्सन काउन्टरको संख्या ४३ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई दृष्टिगत गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।

Read More
  • EBL Ad news