प्रुडेन्सियल इन्स्योरेन्सले सम्पन्न गर्‍यो १८ औं वार्षिक साधारण सभा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रुडेन्सियल इन्स्योरेन्सले सम्पन्न गर्‍यो १८ औं वार्षिक साधारण सभा

भदौ २७, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बारा जिल्लाको  सिमरास्थित होटल इच्छामा सम्पन्न साधारण सभाले कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत चार जना सञ्चालकलाई निर्वाचित गरेको छ ।

निर्वाचित सञ्चालकहरुमा विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक बिजुक्छे रहेका छन् । साथै सभामा कम्पनीका अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

साथै सभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक शेयरलाई साधारण शेयरमा परिणत गर्ने निर्णय पनि गरेको छ । यसअघि ८० प्रतिशत संस्थापक शयर र २० प्रतिशत सर्वसाधारण शेयर रहेकोमा अब ६० प्रतिशत संस्थापकतर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ शेयर कायम हुने भएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news