ब्याजदर बदल्न नपाइने


  • KBL News Ad
  • ADBL
  • City Express
ब्याजदर बदल्न नपाइने

नेपाल राष्ट्र बैंकले अबदेखि एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका आवधिक कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ। यसअघि बैंकले आफूखुसी ब्याजदर बढाइदिएर बहुसंख्यक ऋणीलाई चपेटामा पारेको गुनासो आएको थियो। ‘एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ’, केन्द्रीय बैंकले मंगलबार जारी गरेको एकीकृत परिपत्रमा भनिएको छ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह हुने घर कर्जा, गाडी कर्जालगायत मासिक वा आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह हुने कर्जाका लागि लागू हुनेछ। यसअघि जारी भएका किस्ता भुक्तानीमा आधारित कर्जाका ऋणीसँग स्थिर ब्याजदर कार्यान्वयन गर्ने गरी कर्जाका शर्त सच्याउन राष्ट्र बैंकले भनेको छ। तर, ग्राहकले बैंकको परिवर्तनीय ब्याजदर अनुसार ऋण दिन आग्रह गरेको अवस्थामा भने बैंकले स्थिर ब्याजदर कार्यान्वयन गर्नुपर्ने छैन।s

Read More
  • EBL Ad news