भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाइने


  • KBL News Ad
  • ADBL
  • City Express
भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाइने

काठमाडौँ — घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यसको अर्थ ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाले सुरुमा सस्तो दरमा कर्जा प्रवाह गर्ने तर, केही महिना भित्रैमा ब्याजदर बढाएर महँगो बनाउने प्रवृति बढिरहेको बेला राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो ।

Read More
  • EBL Ad news