बैंकहरुको लाभांश वितरणमा थप कडाइ


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकहरुको लाभांश वितरणमा थप कडाइ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण झनै कसिलो बनेको छ । मौद्रिक नीतिमार्फत् ३० प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने घोषणा गरेको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा यो व्यवस्थालाई थप कसिलो बनाएको हो । 

मंगलबार एकीकृत निर्देशन–२०७७ जारी गर्दै राष्ट्र बैंकले अघिल्लो वर्षको कुनै पनि समयमा पुँजीकोष अनुपात नपुगेका बैंक तथा वित्तीय संस्थालाई पनि लाभांश वितरण गर्न नपाउने नियम बनाएको छ । यसअघि त्यसरी कुनै समयमा पुँजीकोष नपुगेको भए पनि बाह्य लेखापरीक्षकको लेखापरीक्षणका तोकिएको अनुपात कायम भएको बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर नगद वा बोनस लाभांश घोषणा गर्न पाउने व्यवस्था थियो । 


अहिले लाभांश वितरणका लागि ११ प्रतिशतको पुँजीकोष अनुपात कायम हुनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । बजारमा ऋणको माग उच्च हुँदा वा ठूलो निक्षेप एकैपटक बाहिरिँदा पुँजीकोष नपुग्ने समस्या देखिन्छ । वर्षको कुनै पनि समयमा पुँजीकोष पूरा नभएका धेरै बैंक छन् । ती बैंकहरु यस्तो लाभांशबाट वञ्चित हुने देखिएको छ । 

Read More
  • EBL Ad news