बैंकका सीईओलाई गभर्नरले भने : यतिबेला तरलता धेरै हुनु राम्रै हो


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकका सीईओलाई गभर्नरले भने : यतिबेला तरलता धेरै हुनु राम्रै हो

२३ भदौ, काठमाडौं । अहिले बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो टाउकोदुखाईको विषय बनेको छ, अत्यधिक तरलता । कोभिड १९ को महामारीका बीच कर्जा लगानी ठप्प हुँदा बैंकहरु समस्यामा परेका छन् ।

तर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने अहिलेको अवस्थामा तरलता पर्याप्त हुनु सकारात्मक भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफलमा उनले तरलतासँग नआत्तिन आग्रह गरे ।

राष्ट्र बैंकले मंगलबार नै जारी गर्ने एकिकृत निर्देशनका विषयमा छलफल गर्न बैंकका सीईओहरुसँग गभर्नर अधिकारीले जुम मिटिङ डाकेका थिए । छलफलमा बाणिज्य बैंकहरु मात्रै होइन विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागिता थियो । अधिकांश बैंकका सीईओहरु आफै सहभागी थिए भने कतिपयका डेपुटी सीईओहरु थिए ।

Read More
  • EBL Ad news