बैंक तथा वित्तीय संस्थाका सीईओसँग छलफल गर्दै राष्ट्र बैंक, के के छन् बैठकका एजेन्डा


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक तथा वित्तीय संस्थाका सीईओसँग छलफल गर्दै राष्ट्र बैंक, के के छन् बैठकका एजेन्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरूसँग आज मंगलबार बिहान ११ बजे छलफल गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाका सीईओहरूसँग छलफल गर्न लागेका हुन् । एकीकृत निर्देशिका,२०७७ जारी गर्ने क्रममा रहेको राष्ट्र बैंकले यसमा समेटनु पर्ने विषयका सम्बन्धमा सल्लाह सुझाव लिन बैकर्ससँग भर्चुअल बैठक गर्न लागेका हो । राष्ट्र नियमन विभाग प्रमुख देवकुमार ढकालले आज गभर्नरज्यूले बैंक तथा वित्तीय संस्थाका सीईओहरूसँग छलफल गर्न लागु भएको बताए । 

विशेष गरेर आजको छलफलको मुख्य एजेण्डा भनेको भाका नाघेको कर्जाको प्रोभिजिङ र ब्याज पुँजीकरणका विषयमा केन्द्रीत हुने बैंकर्सहरूले बताएका छन् । कोभिडकै बीच मौद्रिक नीति ल्याउँदा साउनमा कर्जाको किस्ता उठ्ने अनुमान गरिएको थियो । तर, अहिलेसम्म  निषेधाज्ञ रहेकोले यो सम्भव देखिएन । 

विशेष गरेर आजको भर्चुअल बैठकमा बैक तथा वित्तीय संस्थाका सीईओहरूले ऋणको पुनर्संरचना, खराब ऋणको व्यवस्थापन, घट्दो ब्याज दर, नोक्सानी व्यवस्थापन  तथा पुनरकर्जाका विषयमा नीतिगत निर्णय गर्न राष्ट्र बैंकलाई सुझाव दिने तयारी गरिरहेका छन् । त्यस्तै राष्ट्र बैंकले भने एकीकृत निर्देशिका विषयमा आफ्नो धारणा राख्ने बुझिएको छ । 

...

Read More
  • EBL Ad news