प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडले वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आठौं शाखा कार्यालय खोली वित्तीय कारोबार शुरु गरेको छ ।
देशका प्रमुख शहरमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्धेश्यअनुरुप हेटौंडामा शाखा कार्यालय स्थापना गरिएको उक्त कम्पनीले बताएको छ । हेटौंडा औद्योगिक क्षेत्रका औद्योगिक प्रतिष्ठान, प्रदेशको राजधानी शहर, अटो हब, पुर्व–पश्चिम राजमार्गको मध्यभाग आदि कारणले हेटौंडामा वित्तीय संस्थाहरु शाखा स्थापना गर्नका लागि आकर्षित हुने गरेका छन् ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले कोभिड–१९ को महामारीबीच स्थापना गरिएको शाखाले हेटौंडा उपमहानगरसहित आसपासका गाउँपालिका तथा नगरमा बसोबास गर्नेको घरदैलोमा उच्चतम् प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।









