सल्यान । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरेको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले तिरिसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको कर्जा १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको बैंकले जनाएको छ । ...









