राष्ट्र बैंकले विवरण माग्न थाल्यो


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले विवरण माग्न थाल्यो

जनसंख्या र कारोबारको तुलनामा आवश्यकताभन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेको महसुस गरिएपछि नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियालाई जोड दिएको छ ।  

केन्द्रीय बैंकले मर्जरका लागि बैंक तथा वित्तीय संस्थासँग सेयरधनीको विवरण माग गरेको छ । राष्ट्र बैंकले सोमबारसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थासँग संस्थापक सेयरधनीको विवरण उपलब्ध गराइदिन आग्रह गरेको थियो ।  

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको विवरण १–२ दिनमा थाहा हुने बताए । ‘मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार नै मर्जरको काम भइरहेको हो,’ उनले भने ।  

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकाघर परिवारको सेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने निर्देशन दिने उल्लेख छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कायम सेयरधनीको विवरण पठाउन भदौ १५ गतेसम्मको समयावधि तोकेर बैंक तथा वित्तीय संस्थालाई चिठी पठाएको थियो ।

राष्ट्र बैंक नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई संस्थापक सेयरधनी, संस्था, फार्म, कम्पनीको दर्ता गर्ने सम्बन्धित निकायबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसारको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण समेत माग गरेको छ । मौद्रिक नीतिमा उल्लेख भएका मर्जर सम्बन्धी नीतिको कार्यन्यवन गर्न केन्द्रीय बैंकले पहिलो प्रक्रिया सुरु गरेको हो ।  ...

Read More
  • EBL Ad news