सिद्धार्थ बैंकले ग्रीन पिन सेवा सुचारु गरेकोे छ । बैंकले भाद्र १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे जनाएको हो ।
यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन बैंकको कुनै पनि एटिएम वा नेप्स सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने छन् । यसरीे पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने र प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्ने बैंकले जनाएको छ। ...