लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, साढे २५ हजारले पाए ४० कित्ता शेयर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, साढे २५ हजारले पाए ४० कित्ता शेयर

लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन्।

एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्।

३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad