अर्थ संसार, काठमाडौं– लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । धितोपत्र बोर्डले अनुमति दिएकोले आइपिओ बाँडफाँड गर्न लागेको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले निष्कासन गरेकाे आइपिओमा अन्तिम दिनसम्म १ लाख ९१ हजार १ सय जना आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले भाद्र ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे ।









