लिवर्टी इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँट ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
लिवर्टी इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँट ?

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । बाँडफाँट फेसबुक लाइभबाट पनि देखाइने बिक्री प्रबन्धकले जनाएको छ । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका हुन् । 

यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । ...

Read More
  • EBL