ग्लोबल आइएमई बैंक लिमिटेड Global IME Bank Limited ले पर्वतको कुश्मामा ४२ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रक कार्याल पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।