दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको हो ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैंकको स्थापना गरेको काउन्टरमा कार्यरत दुई जना पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् । “प्रतिष्ठानको गेटभित्रै स्थापना गरिएको काउन्टरमा काम गर्ने कर्मचारीहरू जोखिममा रहेकाले उहाँसहित अन्य ८ जनाको स्वाब संकलन गरिएको थियो,” प्रमुख घर्तीले भने, “परीक्षणका क्रममा तीन जनामा संक्रमण देखिएको हो ।” संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।