लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने अन्तिम मौका आइतबार रहेको छ ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता शेयर साधारण शेयर बिक्री खुला गरिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयवासीलाई आइपिओ निश्कासन गरिसकेको छ । यो दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निश्कासन गरको हो ।
आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।
कहाँबाट आवेदन दिने ?
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।









