नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र बन्द गर्न नमिल्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकिङ क्षेत्र अत्याबश्क भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने बताए । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकको निर्णय उनले सुनाए । उनका अनुसार हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए ।