समृद्धि फाइनान्सलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
समृद्धि फाइनान्सलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न बोर्डको अनुमति

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले समृद्धि फाइनान्सलाई १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर विक्री भदौ २ गते अनुमति दिएको हो । 

कम्पनीले यो हकप्रदका लागि गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । यो हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले कमजोर आधारको संकेत गर्ने ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । २०७६ साल साउन १५ गते समस्याग्रस्त संस्थाबाट फुकुवा भएको यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ३८ लाख ८३ हजार खुद नाफा गरेको छ । त्यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ६६ लाख ५ हजार रहेको छ ।

Read More
  • MBL