हिमालयन बैंक र सीडीसीबीच हबिबको शेयर विक्री सम्झौता हाललाई स्थगित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंक र सीडीसीबीच हबिबको शेयर विक्री सम्झौता हाललाई स्थगित

मर्जरको योजनाले सम्झौतामा अवरोध हुँदैन : बैंक

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको २० प्रतिशत संस्थापक शेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी)ले किन्ने सहमति भए पनि कोरोना महामारीका कारण हालका लागि स्थगित भएको छ । सीडीसीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभा (एजीएम) अर्थात् गत पुस दोस्रो सातापछि खरीद सम्झौता गर्ने भनेको थियो । तर, कोरोना महामारीका कारण तत्काललाई यो सम्झौता ‘होल्ड’ गर्न भनिएको बैंकले बताएको छ ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमका अनुसार सीडीसीले कोरोनाका कारण आउजाउ गर्न सम्भव नभएकाले सन् २०२० भरिलाई उक्त शेयर खरीद सम्झौता होल्ड गर्ने भनेर जानकारी दिएको छ । ‘शेयर खरीद गर्नुअघिका केही प्रक्रिया तथा व्यवस्था मिलाउन र खरीद सम्झौता गर्न नेपाल नै आउनुपर्ने हुन्छ । तर, कोरोना संक्रमणका कारण उनीहरू नेपाल आउन सकेनन् । यसैले तत्काललाई होल्ड गर्ने भनेका छन्,’ उनले अभियानसँग भने, ‘सन् २०२० भरिका लागि स्थगित गर्न भनिएको छ । कोरोना महामारीको अवस्था हेरेर त्यसअनुसार सम्झौता अघि बढाउने उनीहरूको भनाइ छ ।’ ...

Read More
  • MBL - below news
  • EBL Ad news