युनाइटेड फाइनान्सले ल्यायो सुन धितो कर्जा, १ घण्टामै कर्जा दिने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
युनाइटेड फाइनान्सले ल्यायो सुन धितो कर्जा, १ घण्टामै कर्जा दिने

युनाइटेड फाइनान्सले 'युनाइटेड सुन धितो कर्जा' योजना ल्याएको छ।  प्रकृया गरेको एक घण्टाभित्र सुन धितो कर्जा उपलब्ध हुने फाइनान्सले जनाएको छ। 

सुन धितो कर्जाको ब्याजदर बार्षिक १३ प्रतिशत कायम गरिएको छ। कर्जाको अवधि एक बर्षको भएको र यो नवीकरण हुने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताएका छन्। 

मुल्यांकनको ७५ प्रतिशतसम्म सुन धितो कर्जा पाइनेछ। हाल यो सुविधा फाइनान्सका उपत्यकाका कालिमाटी, न्युरोड र घन्टाघरका शाखा तथा बुटवल र बिराटनगरबाट उपलब्ध हुने फाइनान्सले जनाएको छ। 

तत्काललाई ५ वटा शाखा मार्फत यो सुविधा उपलब्ध भएपनि छिट्टै नै सबै शाखा मार्फत यो सुविधा उपलब्ध हुने फाइनान्सले जनाएको छ। 

Read More
  • EBL Ad news