रोल्पामा आईएमई बैंकका एक कर्मचारीमा कोरोना पुष्टि


  • KBL News Ad
  • ADBL
  • City Express
रोल्पामा आईएमई बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

रोल्पा सदरमुकाममा रहेको ग्लोबल आईएमई बैंकमा गत साता नेपालगञ्जदेखि सरुवा भएर आएका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लिवाङ बजार आतंकित बनेको छ। आइतबार साँझ सेतो पिपिई लगाएका स्वास्थ्यकर्मी स्वाब निकाल्न बैंक छिरेको देखेका बजारबासी तर्सिएका हुन्।  

बैंकका दुईजना कर्मचारीको परीक्षण गरिएकोमा एकजनालाई संक्रमण देखिएको छ। कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब निकालिएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार पोजेटिभ ब्यक्तिसंग फस्ट कन्ट्याक्टमा रहेका सबैको स्वाब परीक्षण गरिने छ।  

कन्ट्याक्ट ट्रेसिङ गरिएका १८ जनाको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी गरिएका स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुले बताए। उनका अनुसार बैंक कर्मचारी बाहेक रोल्पाका अन्य दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Read More
  • EBL Ad news