विकास बैंकहरुभन्दा सहकारी बैंकको नाफा बढी, खराब कर्जामा पनि उल्लेख्य सुधार


  • KBL News Ad
  • ADBL
  • City Express
विकास बैंकहरुभन्दा सहकारी बैंकको नाफा बढी, खराब कर्जामा पनि उल्लेख्य सुधार

काठमाण्डौ । कोरोना कहरबीच विकास बैंकहरुलाई पछि पार्दै गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ।

सहकारी क्षेत्रको एकमात्र बैंकका रुपमा स्थापित भएको यो बैंकले विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाबीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले समीक्षा अवधिमा खुद नाफा ३६.६९ प्रतिशतले बढाउन सफल भएको हो। 

बैंकद्वारा प्रकाशित वित्तीय विवरणअनुसार यो त्रैमासमा बैंकले ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो। 

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ। गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो। 

बैंकको सेयरपुँजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ। ...

Read More
  • EBL Ad news