राष्ट्रबैंकका कर्मचारीलाई चियाखाजाका लागि कार्यालय बाहिर जान रोक


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रबैंकका कर्मचारीलाई चियाखाजाका लागि कार्यालय बाहिर जान रोक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आफ्ना कार्यालयमा कार्यरत कर्मचारीहरुलाई चिया तथा खाजका लागि कार्यालय बाहिर जान रोक लगाएको छ । 

नेपाल राष्ट्रबैंकले आफ्ना सबै विभाग, कार्यालय, महाशाखा र इकाईहरुका लागि तयार गरेको 'कोभिड १९ संक्रमण जोखिम व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना २०७७' मा यस्तो व्यवस्था गरिएको हो । 

राष्ट्रबैंकको जनशक्ति व्यवस्थापन विभागका अनुसार कर्मचारीहरुलाई यथासंभव आफूलाई चाहिने खाजा घरबाटै ल्याउन प्रेरित गर्ने व्यवस्था समेत भएको छ । 

कोभिडको संक्रमण रहुञ्जेल राष्ट्रबैंकले एक विभागबाट बिनाकाम अर्को विभाग जाने कार्यलाई समेत रोकेको छ । ‘एक विभागबाट अर्को विभागमा अनावश्यक आवतजावत गर्ने कार्यलाई तत्काल बन्द गर्ने ।’ राष्ट्रबैंकले कार्ययोजनामा प्रष्ट व्यवस्था गरेको छ । 

Read More
  • EBL Ad news