काठमाडौँ — मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियर सुकेधाराबीच बैंकका ग्राहकलाई कम्पनीको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले इन्टेरियरका उत्पादन, बिजुली, मार्बल, फर्निचर, फर्निसिङ, थ्रीडी डिजाइनलगायत सेवामा विशेष छुट पाउनेछन् । बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र हाउफ अफ इन्टेरियरका प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।








