बिग मर्जरका लागि अध्ययन गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
बिग मर्जरका लागि अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्था सामान्य भएपछि वाणिज्य बैंकहरूबीच मर्जर गराउने नीतिलाई कार्यान्वयनमा लग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई, खासगरी, क्रश होल्डिङ भएका बैंकलाई घुमाउरो पाराले गाभ्न तथा गाभिन बाध्य हुने गरी नीतिगत व्यवस्था गरेको छ । यसका लागि राष्ट्र बैंकले अध्ययन थालिसकेको जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट एउटै व्यक्ति तथा समूहद्वारा प्रवर्द्धन भएका, एकाघर परिवार एवम् व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्था र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्न/गाभिने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख भएको थियो । यसैअनुसार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कुनकुन संस्थामा कसकसको कति स्वामित्व तथा क्रश होल्डिङ रहेको छ भन्नेबारे तथ्यांक संकलन गरेको प्रवक्ता डा. गुणाकर भट्टले बताए । यसै आधारमा राष्ट्र बैंकले मर्जर तथा प्राप्तिबारे अध्ययन गर्ने उनले जानकारी दिए । मर्जरमा जाने बैंकलाई अनिवार्य नगद मौज्दातदेखि उमेरहदलगायत सुविधा दिएको छ । वाणिज्य बैंकहरूले मर्जरका लागि राष्ट्र बैंकमा कुनै प्रस्ताव लगेका छैनन् ।

Read More
  • EBL Ad news