साउन २५, लहान । लहानस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिवार साँझ कोरोना संक्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए ।
रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए ।
संक्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजस्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टाइनमा राखिएको जानकारी दिइएको छ ।
बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजस्व कार्यालयले आइतवारदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ । ...