तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, हकप्रद भने अस्वीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, हकप्रद भने अस्वीकृत

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) ले गत आर्थिक वर्षको मुनाफाकाे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने राष्ट्र बैंकले अनुमति दिएको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५ रुपैयाँ ९ पैसा बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५८ लाख २७ हजार २५ रुपैयाँ ७६ पैसा रहेको छ। १२ प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार २०० रुपैयाँ ८५ पैसा पुग्नेछ।

बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ३ः१ अनपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव भने राष्ट्र बैंकले अस्वीकृत गरेको छ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad