कोरोना भाइरसको महामारी (कोभिड–१९) का कारण प्रभावित भएका उद्योग, व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा नौ महिना लाग्ने एक अध्ययनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्य फेला परेको हो। कोभिड–१९ का कारण पुगेको असरमा केन्द्रित रहँदै राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीसँग जेठ २६ देखि असार १० सम्म अनलाइन सर्वेक्षण गरेको थियो।
बुधबार सार्वजनिक गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा सामान्य अवस्थामा फर्कन सबभन्दा ढिलो रियल स्टेट, व्यवसायिक क्रियाकलाप, होटल तथा रेष्टुरेन्टलाई लाग्ने देखिएको छ। ती क्षेत्र कोराना सुरु हुनुभन्दा अघिको अवस्थामा पुग्न १३ महिना बढी लाग्ने सर्वेक्षणले छ।
त्यस्तै निर्माण क्षेत्रलाई करिब १० महिना, कृषि तथा मत्स्यपालन नौ महिनापछि सामान्य अवस्थामा फर्कनेछन्। कोभिड–१९ फैलन थालेपछि सरकारले चैत ११ देखि लकडाउन लगाउने निर्णय गरेको थियो। लकडाउनले उद्योग, व्यवसाय तथा श्रमिक समस्यामा पर्न थालेपछि असार १ देखि लागू हुने गरी हटाइएको थियो। ...