सनराइज बैंककि सनाजको सुसाइड नोट- 'बुबाको नाममा २० लाख जम्मा गरेकी छु, मेरो मृत्युको दोष कसैलाई नदिनू...'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंककि सनाजको सुसाइड नोट- 'बुबाको नाममा २० लाख जम्मा गरेकी छु, मेरो मृत्युको दोष कसैलाई नदिनू...'

बिराटनगर । सनराइज बैंकको बिराटनगर शाखाको शौचालयमा सनाजको लास लडिरहेको थियो । उनको मृत शरीर 'मृत' छ भनेर नपत्याएका सहकर्मीहरुले प्रहरीलाई खबर गरे र अस्पताल पुर्याए । तर उनले यो संसार छोडीसकेकी थिइन् । बैंकको बिराटनगर शाखामा कर्जा विभागमा रहेर काम गर्थिन् उनी । करिब एक बर्ष भएको थियो सनराइज बैंकमा जागिर सुरु गरेको । उनले यसरी बैंकको शौचालयमा सुसाइड गर्लिन् भन्ने सायदै कसैले सोचेको थियो होला । तर बुधबार यस्तै भयो बिराटनगरमा । 

कार्यकक्षमै बिष खाएपछि उनलाई गाह्रो भएछ । त्यसपछि उनी शौचालय गइन् । अचानक उनी लडेपछि उनलाई अस्पताल पुर्याईयो र प्रहरीलाई पनि खबर गरियो । तर अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरे । उनको साथबाट सुसाइड नोट पनि भेटिएको छ । वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया उनको झोलामा सुसाइड नोट भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । उनका अनुसार उपचारका क्रममा दिउँसो करिब १२:३० बजे नोबेल शिक्षण अस्पतालमा सनाजको मृत्यु भएको हो ।

सुसाइड नोटमा के छ ?...

Read More
  • MBL - below news