काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ ।
सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको प्रक्रिया जारी थियो ।
प्राप्ति सम्बन्धी सम्झौता भएको साढे ४ महिनापछि सिर्जना फाइनान्सलाई प्राप्ति नगर्ने भनी सनराइज बैंकको संचालक समितिले निर्णय गरेको थियो ।
जेठ २९ गते बसेको सनराइज बैंकको संचालक समिति बैठकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी भएको सम्झौता रद्धको निर्णय गरेको थियो ।








