२० अर्ब रिपो रिर्भस


  • KBL News Ad
  • ADBL
  • City Express
२० अर्ब रिपो रिर्भस

बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप लगानी नहुने क्रम जारी रहेपछि बिहीबार केन्द्रीय बैंकले तीन पैसा ब्याज दिने गरी थप २० अर्ब रूपैयाँ रिर्भस रिपोमार्फत खिचेको छ।  

आर्थिक वर्ष २०७७/०७८ सुरु भएको दुई सातामा राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपोमार्फत २० अर्ब रूपैयाँ खिचेको हो। यसअघि साउन ८ गते राष्ट्र बैंकले २० अर्ब रूपैयाँ खिचेको थियो। त्यतिखेर वाणिज्य बैंकहरूलाई पाँच पैसा ब्याज दिने गरी रकम खिचेको थियो।  

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले खुला बजार कारोबार सञ्चालनका लागि पुनः रिभर्स रिपोमार्फत पैसा खिचिएको बताए। ‘बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता छ,’ उनले भने, ‘त्यसैले राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पैसा खिच्ने क्रम जारी राखेको हो।’  ...

Read More
  • EBL Ad news