कोरोना बीमा गर्नेको संख्या ६ लाख नजिक, कतिले लिए दाबी भुक्तानी ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कोरोना बीमा गर्नेको संख्या ६ लाख नजिक, कतिले लिए दाबी भुक्तानी ?

कोरोना बीमा गर्नेको संख्या ६ लाख नजिक पुगेको छ । बीमक संघका अनुसार  साउन १३ गतेसम्ममा  ५ लाख ९७ हजार १ सय ४६ जना कोरोना बीमाको दायरामा आएका हुन्। यस अवधिसम्म ५९ हजार २२ वटा बीमालेख बिक्रि भएको संघले जनाएको छ । 

संघका अनुसार पछिल्लो ३ दिनमा ४ हजार बढीले कोरोना बीमा गरेका छन् । पछिल्लो ३ दिनमा ४ हजार २ सय ८३ जनाले कोरोना बीमा गरेका हुन् ।  

संघका अनुसार हालसम्म कोरोना बीमाबाट ३३ करोड ५० लाख ६२ हजार ५४२ रुपैयाँ प्रीमियम संकलन भएको छ । बीमा गरेका मध्ये ५० जनामा कोरोना पुष्टि भई रकम दाबी भुक्तानी गरेकोमा सबै जनालाई रकम प्रदान गरिसकेको संघले जनाएको छ । बीमा कम्पनिहरुले गत बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्रि गर्न सुरु गरेका थिए । 

Read More
  • MBL - below news