सानिमा बैंकले सुरु गर्‍यो डिजिटल काउन्टर, चेक बिना भुक्तानी पाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले सुरु गर्‍यो डिजिटल काउन्टर, चेक बिना भुक्तानी पाइने

सानिमा बैंकले डिजिटल काउन्टर सुरु गरेको छ। ग्राहकको सुविधा लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति अन्तर्गत डिजिटल काउन्टर सुरु गरिएको बैंकले जानकारी दिएको छ।

आजदेखि सञ्चालनमा आएको यो डिजिटल काउन्टरबाट सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी पाउने छन्।

यो सेवा लिनकाक लागि मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” हुनुपर्छ। नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ। यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news