काठमाडौं : प्रुडेन्सियल इन्सुरेन्सको आज सोमबार साउन १२ गतेबाट सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन १९ गतेसम्म तोकिएको छ । यसअघि प्रुडेन्सियलले १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४९ हजार १२० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, मेहन्द्रनगर, विराटनगर, वीरगञ्ज र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ ।








