१० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
१० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले साउन १२ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

 

केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो। उक्त ९१ दिन अवधिको उक्त ट्रेजरी बिल कार्तिक ११ गते परिपक्व हुनेछ।

बोलकबोलमार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। साउन १३ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

राष्ट्र बैंकले यसअघि साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।

Read More
  • EBL Ad news