सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा छलफल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा छलफल

११ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा नेपाल राष्ट्र बैंकमा छलफल भएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारी र सनराइज बैंकका सञ्चालकबीच छलफल भएको छलफलपछि बैंकमा देखिएको समस्या तत्काललाई टरेको छ ।

केही दिनयता बैंकको सञ्चालक समितिमा विवाद सिर्जना भएको विषयमा समाचार आउन थालेपछि राष्ट्र बैंकले चासो राखेको थियो । विवादको विषय के हो भन्ने विषयमा सत्यतथ्य बुझ्न भन्दै राष्ट्र बैंकले छलफलका लागि बोलाएको थियो ।

दिउँसो एक घण्टा छलफल भएको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । बैंकको विवादको विषयमा केही जानकारी लिएको भन्दै उनले थप विषयमा जानकारी गराउन भने नमिल्ने बताए ।

‘हामीले छलफल त गर्‍यौं, तर बाहिर ल्याउनुपर्ने खालको केही कुरा छैन’ उनले भने, ‘सबै सञ्चालकहरु आउनुभएको थियो, कुराकानी भयो बाँकी निर्णय उहाँहरुकै होला ।’

राष्ट्र बैंकसँगको छलफल पनि सकारात्मक नै भएको उनले बताए । ‘मूख्य कुरा त हाम्रो बैंकमा बाहिर हल्ला आएजस्तो केही विवाद पनि छैन, अलिअलि छलफल बहस त भइहाल्छ नि’ ती सञ्चालकले भने, ‘अहिले यत्ति बुझ्नुस्, बैंकमा केही हुँदैन, बैंकको अवस्था राम्रो छ, थप राम्रो हुँदै जानेछ ।’ ...

Read More
  • MBL - below news