काठमाडौँ । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् ।
त्यसैगरी, ९.८९% व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बंैकले १०.३९% व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ ।








