सञ्चालक र सीईओलाई बोलाइयो
१० साउन, काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिमा भएको विवाद सतहमा पुगेको चर्चासँगै नेपाल राष्ट्र बैंकले यो विषयमा चासो दिएको छ । सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच जागिर छोड्ने र छोडाउनेसम्मको विषयले चर्चा पाएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाएको छ ।
राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइतबार बैंकका अध्यक्ष, सञ्चालक र सीईओलाई टेलिफोन गरेर बोलाइएको हो । विवाद बढेर सीईओलाई राजिनामा गर्न दवावसमेत परेको समाचार बाहिरबाटै पाएपछि वास्तविक कुरा बुझ्न आइतबार बोलाइएको ती अधिकारीले बताए ।
...








