सबै शाखा खोल्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
सबै शाखा खोल्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

लकडाउन अन्त्य भएसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सम्पूर्ण शाखाहरु पूर्ववत रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार परिपत्र गर्दै राष्ट्र बैंकले सुरक्षाका मापदण्ड पालना गरी सबै शाखाहरु सञ्चालन गर्न भनेको हो। ग्राहकको भीड नहुनेगरी, दुरी कायम गरी बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्न निर्देशन दिइएको छ।

राष्ट्र बैंकले ‘सिफ्ट सिस्टम’ पनि हटाउन भनेको छ। यसअघि सरकारले केही सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थालाई दुई सिफ्टको समूह बनाएर काम गर्ने व्यवस्था मिलाएको थियो।

राष्ट्र बैंकको निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालन हुनेछन्।

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखाहरुमार्फत कार्य गर्दै आएका थिए। गत मंगलबार रातिदेखि लकडाउ अन्त्यको घोषणा गरिएसँगै बैंकहरुले करिब सबैजसो शाखाहरु सञ्चालनमा ल्याएका थिए।

Read More
  • EBL Ad news