बैंकका कर्मचारीलाई बोनस वितरण सुरु भएको छ। मौद्रिक नीतिले केहि नबोलेपछि कान्छो बैंक सानिमा बैंकले साउन २ गतेनै कर्मचारीलाई अग्रिममा बोनस वितरण गरेको जनाइएको छ।
बैकले १ महिनाको आधार तलब बराबर मात्रै बितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिजपाटीलाई बताएका छन्। बैंकर संघका अध्यक्ष समेत रहेका दाहालले कोभिड १९ का कारण केहि फरक नीति आउँन सक्ने भन्दै बोनसका लागि मौद्रिक नीति पर्खनलाई अन्य बैंकका सीईओहरुलाई भनेका थिए।
मौद्रिक नीतिमा असोज मसान्तसम्मको किस्तालाई गत आर्थिक बर्षमा समायोजन गर्न पाउने व्यवस्था गरेपछि नाफा कति हुन्छ भन्ने अन्यौल रहेकाले भविष्यमा वितरण गरिने बोनसबाट काट्ने गरि अहिले एक महिनाको आधार तलब बराबरको रकम कर्मचारीलिई वितरण गरिएको हो।
बिगतमा प्रायजसो बैंकले आर्थिक वर्ष समाप्त नहुँदै कर्मचारीलाई अग्रिम रुपमा बोनस वितरण गरिसकेका हुन्थे भने केहिले साउन १ गते नै आफ्ना कर्मचारीको खातामा बोनस बापतको रकम हाल्ने अभ्यास थियो।







