प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को लाभांश नदिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को लाभांश नदिने

साउन ४, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/ ७६ को लाभांश नदिने भएको छ ।
 

कम्पनीले त्यस वर्षको वित्तीय विवरण एनएफआरएस प्रणाली बमोजिम तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको बताएको छ ।

कम्पनीको साउन २ गतेको सञ्चालक समितिको बैठकले उक्त वर्षको वासलात, नाफानोक्सान तथा आय विवरण र सोहि अवधिको नगद प्रवाह विवरण स्वीकृत गरि बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । त्यस अघिको वर्ष २०७३/ ७४ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ नगद लाभांश दिएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news