कोरोनाको असरलाई लक्षित गर्दै बैंकहरुले निशुल्क प्रदान गरेको एटिएम कार्ड प्रयोगको सेवालाई साउन १ देखि पुनः शुल्क लिने व्यवस्था गरे।
बैंकहरुले गत चैत ७ गतेदेखि असार मसान्तसम्म जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क लिएनन्। तर साउन लागेसँगै पुनः शुल्क काटिन थालेको छ। तर नेपाल राष्ट्र बैंकले कोभिडको असर कायमै रहेको भन्दै यो व्यवस्था अझै निशुल्क बनाउने जनाएको छ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को असर कायम रहेसम्म एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइने घोषणा गरे।
विभिन्न नेटवर्कमा आवद्ध बैंकहरुले अर्को नेटवर्कको एटिएम प्रयोग हुँदा बढी शुल्क काट्ने गरेका छन्।
सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ। कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ।
...