महाव्याधिविरुद्ध लड्न स्ट्यान्डर्ड चार्टर्डले दियो ३ करोड ५३ लाख


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
महाव्याधिविरुद्ध लड्न स्ट्यान्डर्ड चार्टर्डले दियो ३ करोड ५३ लाख

जारी कोभिड-१९ को महाव्याधिविरुद्धको मानवीय सहयोगमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले थप १ करोड ७५ लाख सहयोग गरेको छ । कोभिड-१९ विरुद्धको लडाइँमा स्ट्यान्डर्ड चार्टर्डको यो तेस्रो आर्थिक सहयोग हो ।

योसँगै स्ट्यान्डर्ड चार्टर्डको कोभिड-१९ विरुद्धको कुल सहयोग राशि ३ करोड ५३ लाख पुगेको छ । बैंकले यसअघि नेपाल सरकारको कोषमा १ करोड १६ लाख र पासाङ ल्यामु माउन्टेनेरिङ फाउन्डेसनमार्फत मानवीय सहयोगमा खर्चिन ५८ लाख रुपैयाँ प्रदान गरिसकेको छ । 

‘महाव्याधिको यो कठिन घडीमा हाम्रो यो बैंकले हाम्रा समुदायलाई सहयोग गरिरहने प्रतिबद्धता दोहो-याउन चाहन्छ । एक्सन एडसँगको पछिल्लो साझेदारीले महाव्याधिका कारण अभरमा परेका विपन्नहरूको जीवनमा वास्तविक एवं दीर्घकालीन परिवर्तन गर्नेछ,’ बैंकका सिइओ अर्निभान घोष दस्तिदारले भनेका छन् । 

Read More
  • MBL