आगामी मौद्रिक नीति : बढीमा रू. ५ करोड पुनर्कर्जा दिइने


  • KBL News Ad
  • ADBL
  • City Express
आगामी मौद्रिक नीति : बढीमा रू. ५ करोड पुनर्कर्जा दिइने

निजीक्षेत्रलाई निराश बनाउँदैनौं : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरैभन्दा धेरै व्यवसायीलाई दिन सकियोस् भनी प्रतिव्यवसायी बढीमा ५ करोड रुपैयाँ मात्र पुनर्कर्जा दिने भएको छ । पुनर्कर्जा कार्यविधि सञ्चालक समितिबाट पारित गर्दै राष्ट्र बैंकले ऋण सीमा बढीमा रू. ५ करोडसम्म दिने व्यवस्था गरेको हो ।

यसअघि रायसुझाबका लागि राखिएको मस्यौदामा बढीमा १० करोड रुपैयाँ दिने उल्लेख गरिएको थियो । यद्यपि कुनै विशेष अवस्थाको परियोजना भए २० करोडसम्म दिने व्यवस्थासमेत गरिएको छ ।

५ करोडसम्मको पुनर्कर्जा बैंक वित्तीय संस्थाबाटै पाइनेछ । २० करोडको पुनर्कर्जा लिन भने राष्ट्र बैंक नै आउनु पर्नेछ व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति ल्याइने बताएका छन् । आगामी आवको बजेटमा कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई पुनर्कर्जा दिइने बताइएपछि धेरैले मौद्रिक नीतिलाई पर्खिरहेका छन् । ...

Read More
  • EBL Ad news