काठमाडौँ । निजी क्षेत्रका उद्योगीले अब आउने मौद्रिक नीतिमा व्याजदरका विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेट जत्तिकै महत्वपूर्ण भएको बताउँदै सबै क्षेत्रलाई राहत मिल्ने गरी ल्याउनुपर्ने बताउनुभयो ।
अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति भएको बताउँदै उहाँले मौद्रिक नीतिमा मुख्यतः पुनःकर्जा, व्याजदर र पुनःसंरचनालाई जोड दिनुभयो । नेपाल बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भए पनि अपेक्षा पूरा नभएको भन्दै गुनसो गर्नुभयो ।