कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्वन्धी सम्झौता भएको छ। १० दशमलव ३५ प्रतिशत ब्याजदरका २५ लाख कित्ता ‘एडिविएल कृषि बैंक ऋणपत्र २०८३’ को धितोपत्र सूचिकरणका लागि नेप्सेसँग सम्झौता भएको बैंकले जनाएको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका छन्।
उक्त हस्ताक्षर कार्यक्रममा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आई वि.एल एस क्यापिटलका सञ्चालन अधिकृत रामकुमार महत उपस्थित भएका थिए।








