हिमालयन बैंकका अध्यक्षले भने 'बैंक स्वत: मर्जमा जाने मौद्रिक नीति आओस्'


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकका अध्यक्षले भने 'बैंक स्वत: मर्जमा जाने मौद्रिक नीति आओस्'

हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले ठुला बैंकलाई मर्जरमा जान प्रोत्साहन गर्ने मौद्रिक नीति ल्याउन माग गरेको छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि आयोजना गरेको सुझाव संकलन कार्यक्रममा उनले ठुला बैंकहरु मर्ज गर्न आवश्यक रहेकोले मर्जरको लागि प्रोत्साहन गर्ने नीति ल्याउन र त्यसो गरे बैंकहरु स्वत: मर्जमा जाने बताएका हुन् ।

कर्मचारी संचय कोषको तर्फबाट सुझाव दिदै उनले यस पटकको  मौद्रिक नीतिमा मर्जरको विषय प्राथमिकताको साथ आउनु पर्ने बताएका हुन् ।

संचय कोषका प्रशासक समेत रहेका गौतमले ब्याजदरमा धेरै उतारचढाव आउँन नदिन र ब्याजदरलाई मुद्रास्फीति दर भन्दा कम नहुने गरी ब्यबस्था गर्न सुझाव दिएका छन् । त्यस्तै उनले तरलताको विषयमा पनि राष्ट्र बैंकले सुक्ष्म निगरानी गरेर बढी तरलता र कम तरलताको अवस्था आउँन नदिन सुझाव दिएका छन् । 

Read More
  • MBL - below news
  • EBL Ad news